सकियो ‘महाभोज’ छायाङ्कन, प्रदर्शन मिति कहिले ? « Khabarhub

सकियो ‘महाभोज’ छायाङ्कन, प्रदर्शन मिति कहिले ?


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको मल्टिस्टारर फिल्म ‘महाभोज’को छायाङ्कन सकिएको छ । शुक्रबार नायक खगेन्द्र लामिछाने र नायिका अञ्जना बराइलीको अंशको दृश्य खिचेसँगै फिल्मको छायाङ्कन पूरा भएको हो ।

यो फिल्मको छायाङ्कन माघ ८ गते पोखराको घाकाचोकबाट सुरु भएको थियो । पहिलो चरणको छायाङ्कन पोखरामा ३३ दिन चलेको थियो । दोस्रो चरणको छायाङ्कन दुई दिन काठमाडौंमा भएको हो ।

पूर्वनिर्धारित ३५ दिनको तालिकामै फिल्मको छायाङ्कन सकिएको हो । फिल्ममा केन्द्रीय भूमिकामा खगेन्द्र र अञ्जनासहित आर्यन सिग्देल, दायाहाङ राई, गौमाया गुरुङ, मलिका महत शीर्ष भूमिकामा रहेका छन् ।

सहायक भूमिकाका लागि वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतका चर्चित कलाकारहरु छन् ।

छायाङ्कनको काम पूरा भएपछि निर्माण पक्ष पोस्ट प्रोडक्सनको काममा प्रवेश गरेको छ । निर्माण पक्षले छायाङ्कन पूरा भइसक्दा पनि प्रदर्शन मिति तय गरेको छैन । केही समयपछि उपयुक्त समय चयन गरेर प्रदर्शन मितिबारे जानकारी दिने निर्देशक राउतले बताए ।

यस फिल्मको लेखक विकास सुबेदी हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ५५ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई