सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः माधव नेपाल « Khabarhub

सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः माधव नेपाल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण गरी समाजमा आर्थिक गतिविधि सञ्चालन र त्यसले मुलुकमा समाजवादी क्रान्ति पूरा गर्न सहयोग पुर्याउने धारणा राखे ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको विकास र आयात प्रतिस्थापनले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले देशमा अस्थिरता, भ्रष्टाचार, दण्डहीनता मौलाएको विचार व्यक्त गरे ।

अध्यक्ष नेपालले उक्त प्रदेशको नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज डा गङ्गालाल तुलाधर, सचिव सावित्रा भुसाल, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।