राजावादीको आगजनीले जडीबुटी कम्पनीमा मात्रै २८ करोड क्षति « Khabarhub

राजावादीको आगजनीले जडीबुटी कम्पनीमा मात्रै २८ करोड क्षति


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन र ल्याब पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

आगजनीबाट करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिएकी छन् ।

आगजनी र तोडफोडका कारण केही दिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उनले उल्लेख गरिन् ।

आगजनीका कारण कम्पनी जलेर खरानी भएको भन्दै सरकारलगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ ।

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा विस्तारमा समेत केन्द्रित थियो ।

आगजनी र तोडफोडका कारण शाखा विस्तारको काम केही समयलाई रोकिने महाप्रवन्धक यादवले बताइन् । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारीसमेत गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ०७ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)