म्यानमारका भूकम्पपीडितलाई राहत लिएर गयो नेपाली सेनाको टोली « Khabarhub

म्यानमारका भूकम्पपीडितलाई राहत लिएर गयो नेपाली सेनाको टोली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि स्वास्थ्य राहत लिएर नेपाली सेनाको टोली प्रस्थान गरेको छ ।

म्यानमारको विनाशकारी भूकम्पपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित सेनाको विशेष टोली बुधवार त्यसतर्फ प्रस्थान गरेको हो।

सेनाको विमानद्वारा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमारतर्फ पठाइएको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम, र ६ जना क्रु मेम्बर छन्।

टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्। साथै, विभिन्न आवश्यक औषधि पनि छन् ।

त्यसैगरी जरूरी उपकरणरूसहित गएको सेनाको टोली म्यानमारका भूकम्प पीडितहरूको उपचार सेवामा एक साता खटिने जनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : २० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको