म्यानमारका भूकम्पपीडितलाई राहत लिएर गयो नेपाली सेनाको टोली « Khabarhub

म्यानमारका भूकम्पपीडितलाई राहत लिएर गयो नेपाली सेनाको टोली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि स्वास्थ्य राहत लिएर नेपाली सेनाको टोली प्रस्थान गरेको छ ।

म्यानमारको विनाशकारी भूकम्पपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित सेनाको विशेष टोली बुधवार त्यसतर्फ प्रस्थान गरेको हो।

सेनाको विमानद्वारा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमारतर्फ पठाइएको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम, र ६ जना क्रु मेम्बर छन्।

टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्। साथै, विभिन्न आवश्यक औषधि पनि छन् ।

त्यसैगरी जरूरी उपकरणरूसहित गएको सेनाको टोली म्यानमारका भूकम्प पीडितहरूको उपचार सेवामा एक साता खटिने जनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी