ट्रम्पले आयात शुल्क ह्वात्तै बढाउने, व्यापारिक साझेदार के गर्लान् ? | Khabarhub Khabarhub

ट्रम्पले आयात शुल्क ह्वात्तै बढाउने, व्यापारिक साझेदार के गर्लान् ?


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्यापक आयात शुल्क वृद्धिको घोषणा गर्दैछन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका विभिन्न व्यापारिक साझेदारलाई लक्षित गरी ‘पारस्परिक’ आयात शुल्क वृद्धि गर्न लागेका हुन् ।

ट्रम्पले आजको दिनलाई ‘मुक्ति दिवस’ को संज्ञा पनि दिएका छन् । उनले आज स्थानीय समयअनुसार बेलुकी ४ बजे ह्वाइट हाउसको रोज गार्डेनबाट आयात शुल्क वृद्धि घोषणा गर्ने कार्यक्रम रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्पले घोषणा गरेलगत्तै ती शुल्क कार्यान्वयनमा आउने जनाइएको छ । यसअघि ट्रम्पले अटो आयातमा २५ प्रतिशत शुल्क वृद्धि गर्ने घोषणा गरिसकेका छन् । यसअघि घोषित अटो आयातको शुल्क वृद्धि भने भोलि अर्थात् बिहीबारदेखि कार्यान्वयनमा आउने छ ।

यसअघि सार्वजनिक भएका समाचारमा सबै देशका सामानमा २० प्रतिशतसम्म आयात शुल्क वृद्धि हुने जनाइएको थियो । यद्यपि ट्रम्पले कुन मुलुकका सामानमा कति प्रतिशत शुल्क वृद्धि गर्छन् भन्ने अझै स्पष्ट छैन ।

आयात शुल्क बढाउने ट्रम्पको तयारीपछि अमेरिकाका व्यापारिक साझेदार मुलुकमा खैलाबैला मच्चिएको छ । अमेरिकाको नजिकको साझेदार बेलायतले खराब परिस्थितिका लागि तयार रहनुपर्ने प्रतिक्रिया दिएको छ । अमेरिकासँग वार्ता चलिरहेको भएपनि खराब परिस्थितिका लागि बेलायतले तयारी गर्नुपर्ने बेलायती विदेशमन्त्री डेभिड लामीले जनाएका छन् ।

युरोपेली संघ (ईयू) ले भने अमेरिकी आयात शुल्क वृद्धिविरुद्ध ‘मजबुत’ र ‘सटिक’ प्रतिक्रिया दिने चेतावनी दिएको छ । त्यसैगरी, पूर्वी एशियाका आर्थिक शक्तिहरु चीन, जापान र दक्षिण कोरियाले क्षेत्रीय खुला व्यापारलाई अभिवृद्धि गर्ने विषयमा सहमति जनाएका छन् । ५ वर्षपछि आयोजित संयुक्त आर्थिक वार्तामा गत आइतबार तीन मुलुकबीच यस्तो सहमति भएको बीबीसीले जनाएको छ ।

त्यसैगरी अमेरिकाको उत्तरी छिमेकी क्यानाडाले भने अमेरिकी आयात शुल्क वृद्धिविरुद्ध ‘बुद्धिमत्तापूर्ण’ प्रतिक्रिया दिने जनाएको छ । नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले ‘क्यानाडाका उत्पादकलाई मर्का नपर्नेगरी’ अमेरिकी शुल्क वृद्धिको प्रतिक्रिया दिइने जनाएका छन् । कार्नीले मेक्सिकोकी राष्ट्रपति क्लडिया शाइनबुमसँग टेलिफोन वार्ता पनि गरेका छन् ।

भारतले भने अमेरिकाबाट आयात हुने केही सामानमा आयात शुल्क घटाउँदै लगेको छ । व्यापारका विषयमा दुई मुलुकबीच छलफल पनि चलिरहेको छ । उता इजरायलले भने अमेरिकाबाट आयात हुने सामानमा लाग्दै आएको सबै शुल्क कटौती गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ०२ बजे

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत