तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ « Khabarhub

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंकाका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा काठमाडौँका विभिन्न स्थानबाट थप सात जना पक्राउ परेका छन् । उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसुर र आपाराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोथमा पक्राउ गरिएको हो ।”

पक्राउ पर्नेहरूमा रूपन्देही देबदह–९ का ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादह–१ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङ–३ का २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढी–७ का २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेकामध्ये एक जना ४७ वर्षीय प्रेम थापामगरलाई राज्य विरूद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत तथा अन्य छ जनालाई अपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रवक्ता बोहराले बताए । तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : २२ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा