‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र « Khabarhub

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ ।

पोस्टरको फिल्मका शीर्ष कलाकार र बाख्रोलाई विशेष स्थान दिइएको छ । मध्य भागमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मालाई राखिएको छ । पोस्टरको तल्लो भागमा नोटिस हुने गरी चस्मा लगाइदिएर बाख्रोको तस्बिर राखिएको छ ।

पोस्टरमा शीर्ष कलाकार सौगात, गरिमासहित आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका ११ कलाकार फिचर्ड छन् ।

यस पोस्टरले फिल्ममा कलाकारहरुले निर्वाह गरेको चरित्र खुलाएको बताएको छ । फिल्मको कथा नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ प्रचलनमा आधारित रहेको बताइएको छ ।

फिल्ममा कथाले रहस्यात्मक र हाँस्यपूर्ण मोड लिने भएकाले बाख्रोलाई पोस्टरको केन्द्रीय बनाइएको निर्माण पक्षले जनाएको छ । सिमोश सुनुवारको निर्देशन रहेको यस फिल्मको कथा प्रदीप भारद्धवाजले लेखेका हुन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १८ बजे

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द