ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त « Khabarhub

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ।

राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। सो स्थानका अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ।

वाल्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए। फ्लोरिडाका पूर्व कांग्रेस सदस्य वाल्ज ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसमा हट्ने पहिले व्यक्ति भएका छन्।

वाल्जले कांग्रेस सदस्यदेखि सरकारका काम गर्दासम्म हरेक युद्ध मैदानमा कुशलता पूर्वक आफूलाई राखेको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन्। बिबिसी श्रोतका अनुसार वाल्जलाई संसद्ले अनुमोदन गर्ने क्रममा सङ्घर्ष गर्नुपर्ने अवस्था देखेर ट्रम्पले सम्मानजनक ढङ्गले पहिले नै बिदाइ गरेका हुन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

मार्च महिनामा उच्च अमेरिकी सुरक्षा अधिकारीको ग्रुप च्याटमा एटलान्टिक म्यागेजिनका सम्पादक जियफ्रे गोल्डवर्गलाई समावेश गरेका कारण उनी आलोचित भएका थिए।

ट्रम्पले यसअघि नै राष्ट्र सङ्घको दूतमा एलिस स्टेफानेकलाई चयन गर्ने निर्णय गरे पनि त्यस निर्णयबाट फिर्ता भएकाले सो पद खाली नै छ।

आधा शताब्दी अघि हेरी कसिङ्गरपछि विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार दुवै जिम्मेवारी सम्हाल्ने मार्क रुबियो पहिलो व्यक्ति भएका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २४ बजे

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको