आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा « Khabarhub

आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन यही वैशाख २० र २१ गते काठमाडौँमा हुने भएको छ ।

महासङ्घका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले देशभरमा ३५ जातीय घटक सङ्घ, सात प्रदेश महासङ्घ र ७० जिल्ला महासङ्घबाट करिब छ सय प्रतिनिधि तथा पर्यवेक्षकको महाधिवेशनमा सहभागिता रहने जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्‌घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन्। विभिन्न प्रस्तावका साथै राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासङ्घका महासचिव चन्द्र तामाङले बताए।

मुलुकमा राजनीतिक आन्दोलनमा महासङ्घको योगदान, संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन छलफल गरिने महाधिवेशनमा मुलुकको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न महासङ्घले निर्वाह गर्नुपर्ने भूमिका, आगामी रणनीति, कार्यक्रमबारे समीक्षा गरिने छ ।

 काठमाडौँको बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : २० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा