कोशी लगानी सम्मेलनमा विज्ञको राय– कानून संशोधन, आर्थिक स्वामित्व ग्रहण र लगानीको स्पष्ट खाका हुनुपर्छ | Khabarhub Khabarhub

कोशी लगानी सम्मेलनमा विज्ञको राय– कानून संशोधन, आर्थिक स्वामित्व ग्रहण र लगानीको स्पष्ट खाका हुनुपर्छ


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशमा बिहीबारबाट सुरु भएको लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्व बढ्ने, लगानी अगावै परियोजनाको स्पष्ट खाका ल्याउनुपर्ने, सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्नेलगायतका सुझाव दिएका छन् ।

लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित ‘क्षमता र अन्तर–सरकारी सहयोगः कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि’ विषयक छलफलका विज्ञले नीतिगत विषय सुधार हुँदै गएपनि लगानीको वातवारण सिर्जना गर्न बनेका दर्जनौं कानूनको समयानुल संशोधन आवश्यक पर्नेमा जोड दिए ।

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले आर्थिक सूचकहरूमा क्रमशः सुधार हुँदै गएको बताए । सरकारले लगानी बढाउन कानूनी जटिलताको गाँठो खुलाउँदै गएको डा. खतिवडाले बताए ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गर्भनर निलम ढुङ्गानाले आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्व बढ्ने बताइन्व । लगानी सम्मेलन हुने, प्रतिबद्धता आउने तर लगानीकर्ताले प्रतिबद्धताअनुसार लगानी नगर्ने विषयलाई ध्यान दिनुपर्ने बताइन् ।
उनले आर्थिक सूचकहरू क्रमशः सुधार हुँदै जाँदा कर्जा प्रवाहसमेत बढ्दै गएको र बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा हुने प्रवाह बढ्दै जानु सकारात्मक भएको बताइन् ।

लगानी बोर्डका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघीय सरकारद्वारा परिमार्जित ऐनले प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत अघि बढ्न सहज भएको बताए ।

‘लगानी अगावै परियोजनाको स्पष्ट खाका तयार हुनुपर्छ । यसको लागि सरकारले बजेट विनियोजन गर्नुपर्छ । प्रदेश र स्थानीय तहले पनि त्यस्ता योजनामा काम गर्नसक्छन् ।’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । उनले प्रदेश र स्थानीय सरकारलाई परियोजना सञ्चालन गर्न सहजीकरण गर्ने बताए ।

खुला सीमा र चोरी पैठारीका कारण व्यवसायी हतोत्साहित

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले खुलासीमाका कारण हुने चोरी पैठारीका कारण स्वदेशमा लगानी गर्ने उद्यमी हतोत्साही भएको बताए ।

‘त्यही सामान पारी भारतमा एउटा मूल्यमा पाइन्छ तर नेपालमा महँगो पर्न जान्छ, यसलाई कसरी एकरुपता गरी स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट पनि काम हुनुपर्छ ।’ नगर प्रमुख कोइरालाले भने ।
विराटनगरमा लगानी गर्न चाहने उद्यमी तथा व्यवसायीलाई महानगरले नीतिगत सहयोग गर्न भने तयार रहेको बताए ।

सम्मेलनमा लगानीयोग्य परियोजना प्रस्तुत

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले लगानीयोग्य परियोजना नै सम्मेलनमार्फत् प्रस्तुत गरिएको बताए ।

प्रदेशको कार्यक्षेत्रभन्दा बाहिरको लगानीको अवस्था आए केन्द्रीय सरकारसँग प्रदेशले समन्वय गर्न सक्ने बताए । ‘देशभित्र, एनआरएन र विदेशी लगानीकर्ताको निम्ति कोशी सरकारले प्रस्तुत गरेको सम्भावना क्षेत्र उपयुक्त छन्,’ उनले भने, ‘पर्यटन, पूर्वाधार, आइटी क्षेत्रलाई प्राथमिकता दिइएको छ ।’

मगरले आर्थिक क्रियाकलाप बढाउन लगानी सम्मेलन फलदायी हुने उनको भनाइ थियो । कोशी प्रदेश लगानी सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ११ : २५ बजे

ईयूद्वारा टिकटकलाई ५३ करोड युरो जरिवाना

डब्लिन – युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं – अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय

पूर्वअर्थमन्त्री महतले भने : नीति तथा कार्यक्रम उत्कृष्ट छ

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले

भोजपुर गोल्डकपः चर्च ब्वाइज फाइनलमा

भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

कोशी लगानी सम्मेलन : ७१ योजना सोकेसमा, दुई पूर्वमुख्यमन्त्रीको भोजपुर खाली हात

विराटनगर- कोशी प्रदेशमा बिहीबारदेखि सुरू लगानी सम्मेलन शुक्रबार समापन भएको