राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस « Khabarhub

राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

उल्भरह्याम्टन– बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । 

त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरूको सहयोग रहने बताए । उनले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गरेको राजदूत दुवाडीले बताए । 

प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदूतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । 

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन आवश्यक रहेको बताए ।

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती  जनताको दिगो समृद्धिको कामनासहित पठाएको शुभकामना सन्देश सुनाए ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक  रूपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बनेका हुन् । 

समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी थिए । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना