राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस « Khabarhub

राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

उल्भरह्याम्टन– बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । 

त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरूको सहयोग रहने बताए । उनले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गरेको राजदूत दुवाडीले बताए । 

प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदूतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । 

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन आवश्यक रहेको बताए ।

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती  जनताको दिगो समृद्धिको कामनासहित पठाएको शुभकामना सन्देश सुनाए ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक  रूपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बनेका हुन् । 

समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी थिए । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २३ बजे

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको