धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई हाल काठमाडौंको डल्लु बस्ने  ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । 

गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१० स्थायी घर भएका ४३ को माइला भन्ने विक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । 

सोही दिन उनको मृत्यु भएपश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा आशिषले घटना घटाएको खुल्न आएकोले उनलाई बुधबार डल्लुबाट पक्राउ गरेको  प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । 

जिसीका अनुसार श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु,  सामसुङको मोबाइल थान-१ र घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता, कपडाको मास्क थानसमेत पक्राउ गरिएको छ । 

श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको जिसीको भनाइ छ । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ३३ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्