हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा | Khabarhub Khabarhub

हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य सार्वजनिक भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्ने क्रममा शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेका छन् । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको बताइरहेका छन् ।

‘प्राधिकरणको भावी योजना बनाउन र मेरो कार्यकालमा गरिने कामको मूल्यांकन गर्न श्वेतपत्र ल्याएका हौँ’, शाक्यले भने, ‘कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछिको कार्यसम्पादन मूल्यांकन गर्न पनि श्वेतपत्र आवश्यक थियो ।’

शाक्यले प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब रहेको पनि खुलाएका छन् । ‘सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण छ’, उनले भने, ‘जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो । प्राधिकरणको कूल दायित्व ३ खर्ब ८५ अर्ब रुपैयाँ छ ।’

उनले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता र सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको जानकारी दिए ।

प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन दाबी रकमसहितका मुद्दाको सम्भावित दायित्व २०८१ फागुनसम्म ८ अर्ब ४० करोड पुगेको शाक्यले बताएका छन् ।

उनका अनुसार प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीको प्रवर्द्धनका लागि कूल ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत प्रदान गरिसकेको छ ।

शाक्यले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताए । ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको थियो । आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा-नोक्सान गणना गर्दा हालसम्म कूल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ।´

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा देखाएका बुँदामध्ये संस्थाले ७ अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको पाइएको उनले बताए ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको भेटिएको पनि उनले बताए ।

त्यसैगरी उनले २९ अर्ब ९१ करोड आम्दानी नबाँधेको पाइएको बताए । समग्रमा आव २०८०/८१ मा देखाएको नाफा-नोक्सान हिसाबमा थप समायोजन गरी कायम गर्नुपर्ने देखिएको उनले बताए । यसमा सम्भावित दायित्व वापत हुने नोक्सानी नराखिएको शाक्यले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ४८ बजे

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक