हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा « Khabarhub

हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य सार्वजनिक भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्ने क्रममा शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेका छन् । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको बताइरहेका छन् ।

‘प्राधिकरणको भावी योजना बनाउन र मेरो कार्यकालमा गरिने कामको मूल्यांकन गर्न श्वेतपत्र ल्याएका हौँ’, शाक्यले भने, ‘कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछिको कार्यसम्पादन मूल्यांकन गर्न पनि श्वेतपत्र आवश्यक थियो ।’

शाक्यले प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब रहेको पनि खुलाएका छन् । ‘सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण छ’, उनले भने, ‘जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो । प्राधिकरणको कूल दायित्व ३ खर्ब ८५ अर्ब रुपैयाँ छ ।’

उनले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता र सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको जानकारी दिए ।

प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन दाबी रकमसहितका मुद्दाको सम्भावित दायित्व २०८१ फागुनसम्म ८ अर्ब ४० करोड पुगेको शाक्यले बताएका छन् ।

उनका अनुसार प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीको प्रवर्द्धनका लागि कूल ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत प्रदान गरिसकेको छ ।

शाक्यले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताए । ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको थियो । आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा-नोक्सान गणना गर्दा हालसम्म कूल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ।´

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा देखाएका बुँदामध्ये संस्थाले ७ अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको पाइएको उनले बताए ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको भेटिएको पनि उनले बताए ।

त्यसैगरी उनले २९ अर्ब ९१ करोड आम्दानी नबाँधेको पाइएको बताए । समग्रमा आव २०८०/८१ मा देखाएको नाफा-नोक्सान हिसाबमा थप समायोजन गरी कायम गर्नुपर्ने देखिएको उनले बताए । यसमा सम्भावित दायित्व वापत हुने नोक्सानी नराखिएको शाक्यले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ४८ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि