ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण « Khabarhub

ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आम्दानी नहुँदा ठेकेदारहरूको ११ अर्ब ६१ करोड रुपैयाँ तिर्न नसकेको खुलेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गर्दै यसअघि प्राधिकरणले लगाएका ठेक्कापट्टाको ११ अर्ब ६१ करोड भुक्तानी दिन नसकिएको बताएका छन् ।

‘चालु आर्थिक वर्षको फागुनसम्मको ठेक्कापट्टाअन्तर्गत भुक्तानी हुन बाँकी बिलको परिमाण ११ अर्ब ६१ करोड पुगेको छ’, उनले भने, ‘आम्दानी नहुँदा त्यो रकम भुक्तानी दिन सकिएको छैन । प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात १० अर्ब १० करोडमध्ये डलर/नेपाली रूपैयाँ मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड छ।’

शाक्यले अहिले पनि २ अर्ब ४७ करोड चालु खातामा रहेको बताए । उनले त्यो रकमलाई दैनिक सञ्चालनका लागि न्यूनतम् जगेडाको संज्ञा दिए । निर्माणकार्यको बाँकी भुक्तानी गर्न १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया थालिएको शाक्यले बताए ।

‘नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब पुगेको छ । टनकपुरतर्फको विद्युतका लागि तीन अर्बसहित जम्मा ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी देखिएको छ’, शाक्यले भने ।

उनले महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्राधिकरणले वित्तीय विवरणमा यसअघि विभिन्न शीर्षकमा देखाएको दायित्व एक अर्ब ५३ अर्ब कसको दायित्व हो भनेर पक्का गर्न नसकिएको बताए ।

आ.व. २०८०/८१ सम्म वास्तविक मूल्यांकनअनुसार कर्मचारीलाई अवकाशका क्रममा भुक्तानी गर्दा दिनुपर्ने दायित्व ४८.८७ अर्ब रहेको उनले बताए । उक्त भुक्तानी गर्न संस्थाले ८१.०२ करोड मात्रै रकम छुट्टाएकोले बाँकी रकम ४८.०६ अर्ब जुटाउन मुस्किल परेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ०३ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको