ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण « Khabarhub

ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आम्दानी नहुँदा ठेकेदारहरूको ११ अर्ब ६१ करोड रुपैयाँ तिर्न नसकेको खुलेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गर्दै यसअघि प्राधिकरणले लगाएका ठेक्कापट्टाको ११ अर्ब ६१ करोड भुक्तानी दिन नसकिएको बताएका छन् ।

‘चालु आर्थिक वर्षको फागुनसम्मको ठेक्कापट्टाअन्तर्गत भुक्तानी हुन बाँकी बिलको परिमाण ११ अर्ब ६१ करोड पुगेको छ’, उनले भने, ‘आम्दानी नहुँदा त्यो रकम भुक्तानी दिन सकिएको छैन । प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात १० अर्ब १० करोडमध्ये डलर/नेपाली रूपैयाँ मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड छ।’

शाक्यले अहिले पनि २ अर्ब ४७ करोड चालु खातामा रहेको बताए । उनले त्यो रकमलाई दैनिक सञ्चालनका लागि न्यूनतम् जगेडाको संज्ञा दिए । निर्माणकार्यको बाँकी भुक्तानी गर्न १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया थालिएको शाक्यले बताए ।

‘नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब पुगेको छ । टनकपुरतर्फको विद्युतका लागि तीन अर्बसहित जम्मा ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी देखिएको छ’, शाक्यले भने ।

उनले महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्राधिकरणले वित्तीय विवरणमा यसअघि विभिन्न शीर्षकमा देखाएको दायित्व एक अर्ब ५३ अर्ब कसको दायित्व हो भनेर पक्का गर्न नसकिएको बताए ।

आ.व. २०८०/८१ सम्म वास्तविक मूल्यांकनअनुसार कर्मचारीलाई अवकाशका क्रममा भुक्तानी गर्दा दिनुपर्ने दायित्व ४८.८७ अर्ब रहेको उनले बताए । उक्त भुक्तानी गर्न संस्थाले ८१.०२ करोड मात्रै रकम छुट्टाएकोले बाँकी रकम ४८.०६ अर्ब जुटाउन मुस्किल परेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ०३ बजे

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार