वर्षमानसँग चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव छैन  « Khabarhub

वर्षमानसँग चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव छैन 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी) का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् । 

दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको बताएको जानकारी पुनले दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सद्भाव र छैन’, चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनले भने । 

यस्तै भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेको पुनले बताए । उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु’, चौथाइवालेले पुनसँग भनेका थिए । 

चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए । आफूहरूले दुई दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो । 

त्यस क्रममा चौथाइवालेले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खेलेको भूमिकाको पनि प्रशंसा गरेको पुनले उल्लेख गरे । 

तीन दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाईवालेले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला, पूर्व परराष्ट्रमन्त्री एनपी सावद, उदयशमशेर राणा र गृहमन्त्री समेत रहेका अर्का नेता रमेश लेखकसँग भेटेका थिए । भ्रमण सकाएर उनी आजै दिल्ली फर्कंदै छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ३० बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने