दुर्गमका गर्भवती तथा सुत्केरीका लागि थप प्रभावकारी  कार्यक्रम बनाउने  « Khabarhub

दुर्गमका गर्भवती तथा सुत्केरीका लागि थप प्रभावकारी  कार्यक्रम बनाउने 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी  कार्यक्रम बनाउने भएको छ ।  

त्यस्तै जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी  कार्यक्रम बनाउन तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताएका हुन् । 

साथै स्वास्थ्य सेवा नियमनका लागि प्राधिकरण बनाउने भएको छ । यसका लागि आगामी वर्ष राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गर्ने भएको हो ।

‘स्वास्थ्य सेवा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : २२ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा