नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग « Khabarhub

नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग गर्दै मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । 

केन्द्रीय सदस्यद्वय अशोकसिंह बिष्ट, अनुराग शाह र नेविसंघका रत्न राज्य (आरआर) क्याम्पस इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले शुक्रबार अनुशासन समितिमा उजुरी दिएका हुन् । 

०३६ सालदेखि एउटा सदस्यसम्म नजितेको आरआर क्याम्पसबाट नेविसंघमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र क्याम्पस इकाईको सयोजनमा सचिवसहित ५ जना सदस्यलाई स्ववियु निर्वाचनमा सहभागी गराउँदा संगठन विरोधी गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएपछि उनीहरूले उजुरी दिएको बताएका छन् ।

‘स्पष्टीकरणको पत्र सामाजिक सञ्जालमा देखिएकोले यस्ता संगठन ध्वस्त बनाउन उद्धृत कार्यकाल सकिएका नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अवैधानिक अनुशासन समिति संयोजक परोपकार अधिकारीमाथि आवश्यक छानबिन गरी साधारण सदस्य समेत नरहने गरी कारबाही गरिपाऊँ भनी विनम्र अनुरोध गर्दछौँ,’ उनीहरूले दिएको उजुरीमा भनिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ३३ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा