नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग « Khabarhub

नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पामाथि कारबाहीको माग गर्दै मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । 

केन्द्रीय सदस्यद्वय अशोकसिंह बिष्ट, अनुराग शाह र नेविसंघका रत्न राज्य (आरआर) क्याम्पस इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले शुक्रबार अनुशासन समितिमा उजुरी दिएका हुन् । 

०३६ सालदेखि एउटा सदस्यसम्म नजितेको आरआर क्याम्पसबाट नेविसंघमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र क्याम्पस इकाईको सयोजनमा सचिवसहित ५ जना सदस्यलाई स्ववियु निर्वाचनमा सहभागी गराउँदा संगठन विरोधी गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएपछि उनीहरूले उजुरी दिएको बताएका छन् ।

‘स्पष्टीकरणको पत्र सामाजिक सञ्जालमा देखिएकोले यस्ता संगठन ध्वस्त बनाउन उद्धृत कार्यकाल सकिएका नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अवैधानिक अनुशासन समिति संयोजक परोपकार अधिकारीमाथि आवश्यक छानबिन गरी साधारण सदस्य समेत नरहने गरी कारबाही गरिपाऊँ भनी विनम्र अनुरोध गर्दछौँ,’ उनीहरूले दिएको उजुरीमा भनिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ३३ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर