पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।
 
‘गाडीले नियन्त्रण गुमाएर खोँचमा खस्यो, चार बालबालिकासहित सबै आठ जनाको मृत्यु भयो’, उनले भने । उनका अनुसार दुर्घटनाको सही कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेको र शवलाई नजिकैको अस्पतालमा लगियो अधिकारीले बताएका छन् ।

पाकिस्तानको पहाडी उत्तरी क्षेत्रहरूमा त्यस्ता दुर्घटनाहरूमा खराब सडक अवस्था र गति सामान्य कारकहरू हुन् । रासस
 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ०२ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा