सरकारको आर्थिक नीति : सुझाव आयोगको प्रतिवेदन सम्बोधन, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने « Khabarhub

सरकारको आर्थिक नीति : सुझाव आयोगको प्रतिवेदन सम्बोधन, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् औद्योगिकीकरण र निजी क्षेत्रको लगानी प्रवर्धनको लागि विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लगानीमैत्री, निजी क्षेत्रमैत्री, आर्थिक विकासलगायतका विषयवस्तुमाथि अनुसन्धान गरेर तयार गरिएको सो प्रतिवेदन कार्यान्वयन गर्ने विषय सरकारले नीति तथा कार्यक्रममा नै समावेश गरेको छ ।

रोजगारीका अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवर्धन गरिनुका साथै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

निजी क्षेत्रको लगानी प्रवर्धन र थप नीतिगत सुधारमा जोड दिँदै नीति तथा कार्यक्रममा व्यवसायमैत्री वातावरण निर्माण गर्ने उल्लेख छ ।

अनावश्यक सार्वजनिक संरचना खारेज गर्ने, गाभ्ने वा पुनर्संरचना गर्ने सरकारले नीति लिएको छ । नीति तथा कार्यक्रममा औद्योगीकरण, लगानी प्रवर्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्ने भनिएको छ ।

वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त बनाउन औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गर्ने, जलवायु वित्त कोषमा नेपालको पहुँच पु¥याउने, नवीन प्रविधिको विकास गर्ने, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुने गरी सहायता परिचालनको विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

सोह्रौं योजनाअनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, उर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमुखी आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा कार्यान्वयन गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न जोड दिइने नीति तथा कार्यक्रममा अगाडि सारिएको छ ।

व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानून निर्माण, सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित, धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेञ्ज पुर्नसंरचना गरी पुँजी बजारको क्षमता एवम पारदर्शिता वृद्धिलगायतका विषय पनि नीति तथा कार्यक्रममा छन् ।

बैंकिङ क्षेत्रबाट माग हुँदै आएको बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति तथा खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने र नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, अवस्थाको आधारमा सार्वजनिक संस्थाको निजीकरण र मौद्रिकीकरण गरिने कार्यक्रम पनि सरकारले अगाडि सारेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : १६ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी