‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा « Khabarhub

‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द के खनाल निर्देशित मल्टिस्टार फिल्म ‘के घर के डेरा: घर नम्बर २’को ट्रेलर सार्वजनिक भएको हो । निर्माण पक्षले शुक्रबार ललितपुरको एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, नायिकाहरु केकी अधिकारी, उपासनासिंह ठकुरी, सिर्जना नापितलाई र कलाकार प्रकाश घिमिरेलाई मुख्य स्थान दिइएको छ ।

ट्रेलरले आर्यन काठमाडौं घर भएको व्यक्तिको भूमिका निर्वाह गरेको खुलाएको छ । उनी ऋणमा परेर घर लिलामीको समस्या खेपिरहेको ट्रेलरमा देख्न सकिन्छ । आर्यन र केकी विवाहित जोडीको भूमिकामा छन् ।

खगेन्द्र र निश्चल पनि आर्थिक समस्यासँगै जुधिरहेको देख्न सकिन्छ । ट्रेलरले घर भएका र डेरा बस्ने दुवै वर्ग आफ्नै समस्यासँग जुधिरहेको हुन्छन् भन्ने देखाएको छ ।

यो फिल्म जेठ २ बाट प्रदर्शनमा आउँदैछ । यस निर्देशक खनालले यसअघि ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल फिल्म निर्देशन गरेका थिए ।

‘के घर के डेरा स् घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो डेब्यू फिल्म हो । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

यसका निर्माताहरु नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ०० बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि