निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’ « Khabarhub

निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिनको सफलता हात पारेको छ ।

यस फिल्मका निर्देशक मिलन चाम्सका अनुसार देशभर ४५ शो पाउँदै फिल्मले ५१ दिन मनाएको हो । यो फिल्मले अहिलेसम्म १० करोडभन्दा बढी व्यापार गरेको चाम्सको दाबी छ ।

शुक्रबार निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरी ५१ दिनको खुसी पनि मनाउन भ्याएको छ ।

कार्यक्रममा निर्देशक चाम्सले ५१ दिन मनाउन पहिलो बायोपिक ‘अञ्जिला’ रहेको दाबी गरे । यस फिल्ममा अञ्जिलासहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ५० बजे

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द