ईयूद्वारा टिकटकलाई ५३ करोड युरो जरिवाना « Khabarhub

ईयूद्वारा टिकटकलाई ५३ करोड युरो जरिवाना


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

डब्लिन – युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार ईयूले ५३ करोड युरो (करिब ६० करोड अमेरिकी डलर)को ठूलो जरिवानाको घोषणा गरेको छ ।

संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिवानाको अपिल गर्ने योजना बनाएको बताएको छ। उसले युरोपेली प्रयोगकर्ताको तथ्याङ्कका लागि चिनियाँ अधिकारीहरूबाट ‘कहिल्यै अनुरोध प्राप्त नभएको’ बताएको छ।

आयरल्याण्डको तथ्याङ्क सुरक्षा अनु्गमन संस्थाका अनुसार चीनको स्वामित्वमा रहेको विश्वप्रसिद्ध सामाजिक सञ्जाल टिकटकले अनुसन्धानका क्रममा चीनमा युरोपेली तथ्याङ्क ‘होस्ट’ गरेको स्वीकार गरेको थियो।

टिकटकले डाटा ट्रान्सफरको वैधानिकताको बारेमा अनुसन्धान गरेपछि इयूले लगाएको यो दोस्रो ठूलो जरिवाना हो । सन् २०२३ मा आयरल्याण्डको तथ्याङ्क संरक्षण आयोगले टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको थियो ।

टिकटक विशाल चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको एक विभाग हो। टिकटकका साथै गुगल, मेटा र एक्स जस्ता अन्य सामाजिक सञ्जाल युरोपेली मुख्यालय आयरल्याण्डमा भएकोले आयरिस प्राधिकरण सामाजिक प्लेटफर्मको लागि युरोपमा प्रमुख नियामक हो ।

डिपिसीका उपआयुक्त ग्राहम डोयलले भने, “टिकटकले युरोपेली प्रयोगकर्ताहरूको व्यक्तिगत तथ्याङ्क चीनमा कर्मचारीहरूको पहुँचबाट टाढा गरेका थिए र ईयूले ग्यारेन्टी गरेको स्तरको सुरक्षा प्रदान गरिएको थियो भनी पुष्टि, सुनिश्चितता र प्रदर्शन गर्न असफल भएको छ ।”

डोयलले एक विज्ञप्तिमा भनेका छन्, “टिकटकले चिनियाँ आतङ्कवाद विरोधी, जासूसीविरोधी र टिकटकले पहिचान गरेका अन्य कानूनअन्तर्गत युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्कमा चिनियाँ अधिकारीहरूको सम्भावित पहुँचलाई सम्बोधन गरेको छैन।”

उक्त फैसलाको जवाफमा टिकटक युरोपकी क्रिस्टिन ग्राहनले भने, “टिकटकले कहिल्यै पनि युरोपेली प्रयोगकर्ताको तथ्याङ्क चीनलाई उपलब्ध गराएको छैन” उनले भने, “हामी यो निर्णयसँग असहमत छौँ र यसलाई पूर्ण रूपमा अपिल गर्न चाहन्छौँ।”

चीनले जासुसी वा प्रोपोगान्डाका लागि व्यक्तिगत तथ्याङ्क प्रयोग गर्न सक्ने डरले टिकटक वर्षौंदेखि पश्चिमा सरकारहरूको घेराबन्दीमा परेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : १२ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र