आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स–२०३०’ हुने « Khabarhub

आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स–२०३०’ हुने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘स्पेक्स –२०३०’ कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उक्त कार्यक्रम सुरु गर्न लागेको हो ।

डब्लुएचओको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले पछिल्लो समय बालबालिका र युवामा टाढा वा नजिकको देख्न नसक्ने दृष्टि दोषको समाधान गर्न ‘स्पेक्स–२०३०’ कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले यस्ता कार्यक्रम कार्यान्वयनले विश्वव्यापी रूपमा नेपालले आँखासम्बन्धी उपचारका सम्बन्धमा गरेको प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।

डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कार्यक्रमले सबै नागरिकको आँखासम्बन्धी स्वास्थ्य सेवा र चस्मामा पहुँच सुनिश्चित गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले उक्त स्पेक्स कार्यक्रमले आँखा स्वास्थ्यलाई समग्र स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउन सहयोग गर्ने बताए ।

उनले विशेषगरी अत्यावश्यक आँखा उपचार सेवाको खाँचो परेका व्यक्तिमा कार्यक्रम केन्द्रित हुँदै सबैका लागि आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने जानकारी दिए । उनले यथाशीघ्र कार्यक्रम कार्यान्वयन हुने बताए ।

स्पेक्सको उद्देश्य दृष्टि दोष उपचार सेवामा पहुँच सुधार गर्नु, सेवा विस्तार गर्नु, सेवा प्रदान गर्न दक्ष जनशक्ति तयार गर्नु, जनतालाई दृष्टि र आँखाको स्वास्थ्यका बारेमा शिक्षित गर्नु, दृष्टि दोष उपचार सेवा, चस्माको लागत घटाउनुलगायत रहेको डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ३३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको