भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न « Khabarhub

भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको मुम्बईमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन (वेभ्स२०२५) शिखर सम्मेलन सम्पन्न भएको छ । वैशाख १८ देखि २१ गतेसम्म भारत सरकारको आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा नेपालका तर्फबाट मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

चार दिनसम्म चलेको शिखर सम्मेलनमा सहभागीहरुले विश्वव्यापी सीईओहरूसँग संलग्न भएर मिडिया र मनोरञ्जनमा भारतले गरेको प्रगति देखेको भारत सरकारले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

कार्यक्रमले फिल्म, सामग्री निर्माण, एनिमेसन र डिजिटल मिडियामा नेपाल भारत सहकार्यको लागि बाटो खोलेको बताइएको छ ।

नेपालबाट सहभागी भएका प्रतिनिधीहरुले सामाजिक सञ्जालमा वेभ्सबाट आफ्ना अनुभवहरु प्रस्तुत गरेको सार्वजनिक एक्स पोष्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ०३ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा