भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न « Khabarhub

भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको मुम्बईमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन (वेभ्स२०२५) शिखर सम्मेलन सम्पन्न भएको छ । वैशाख १८ देखि २१ गतेसम्म भारत सरकारको आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा नेपालका तर्फबाट मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

चार दिनसम्म चलेको शिखर सम्मेलनमा सहभागीहरुले विश्वव्यापी सीईओहरूसँग संलग्न भएर मिडिया र मनोरञ्जनमा भारतले गरेको प्रगति देखेको भारत सरकारले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

कार्यक्रमले फिल्म, सामग्री निर्माण, एनिमेसन र डिजिटल मिडियामा नेपाल भारत सहकार्यको लागि बाटो खोलेको बताइएको छ ।

नेपालबाट सहभागी भएका प्रतिनिधीहरुले सामाजिक सञ्जालमा वेभ्सबाट आफ्ना अनुभवहरु प्रस्तुत गरेको सार्वजनिक एक्स पोष्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ०३ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर