कर्णालीमा भौतिक पूर्वाधारका कारण खेल खेल्न समस्या छैन : मुख्यमन्त्री कँडेल « Khabarhub

कर्णालीमा भौतिक पूर्वाधारका कारण खेल खेल्न समस्या छैन : मुख्यमन्त्री कँडेल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्न भौतिक पूर्वाधारको समस्या नभएको बताएका छन् ।

पूर्वाधार नभएका कारण नभई सम्बन्धित पक्षको अयोग्यता र असक्षमताका कारण हुन नसकेको मुख्यमन्त्री कँडेलको आरोप छ । तीन पटक मिति तोकेर पनि आयोजना गर्न नसक्नुलाई कर्णालीमा पूर्वाधार तयार नभएर रोकिएको भन्नु न्यायोचित नहुने उनले बताए। उनले दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण पूरा भइसकेकाले सङ्घीय सरकारले नयाँ मिति तोकेर काम अघि बढाउन आग्रह गरे । 

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सहआयोजनामा आयोजित एक कार्यक्रममा आज उनले कर्णाली प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लािग आवश्यक सहयोग गर्ने बताए। 

उनले भने, ‘आगामी दिनहरूमा केन्द्र सरकारले विकास र खेलहरूका लागि साधनस्रोतको कमी जहाँ छ त्यहाँ ध्यान पुर्‍याउनुपर्छ ।’ सङ्घीय सरकार र खेल क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारीले कर्णालीको विकास र खेलकुद पूर्वाधारमा ध्यान नपुर्‍याएको उनले गुनासो गरे।

प्रदेश समुन्नति र समृद्धिका लागि प्राकृतिक रुपमा भरिपूर्ण भएपनि त्यसको उपयोग गर्न पूर्वाधारको विकास आवश्यक रहेको उनको जिकिर छ । कर्णालीलाई विकट, विपन्नको थलोको रुपमा हेरिने दृष्टिकोण बदल्न जरूरी रहेको उनको भनाइ छ ।
 

 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५६ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना