यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा « Khabarhub

यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

पोखरा – ‘इन ड्राइभ’ सवारी सेवा प्रयोग गरी यात्रुहरूसँग कानूनबिपरीत बढी भाडा असुल्ने चालकहरूलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

प्रहरीका अनुसार २०८२ साल जेठ १८ गते राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित केही चालकहरूलाई नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार ती चालकहरूले यात्रुहरूसँग निर्धारण गरिएको भन्दा बढी भाडा असुलेको प्रमाण फेला परेकोले उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक कारबाही गरि छाडिएको हो।

प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी साधन चलाएका छैनन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०५ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले