वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पर्सा – चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात ०।८६ प्रतिशतले गिरावट आएको हो।

गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए।

चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ।

जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०। ३१ प्रतिशतले वृद्धि भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ।

कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो।

चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो।

चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो। यो नाका हुँदै चालु आवको १० महिनामा ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ।

जबकी गत आवको सोही अवधिमा रु २५ अर्ब १९ करोड मूल्य पर्र्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो।

कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो।

वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ। जबकी गत आवको १० सोही अवधिमा १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो।

कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ। जबकी गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो। यो नाका हुँदै चालु आवको १० महिनामा ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ।

जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो। कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट १५ करोड राजस्व सङ्कलन ग-यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन गरेको थियो।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ४२ बजे

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि

आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउन लागेका छौँ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार

तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा