राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति | Khabarhub Khabarhub

राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राइड सेयरिङलाई संघदेखि प्रदेशसम्मै वैधानिक बनाउन कानुन निर्माण हुन थालेपछि गाडी बन्द गरेर बसेका यातायात व्यवसायी र सरकारबीच सोमबार सहमति भएको छ।

राइड सेयरलाई मान्यता दिँदै लैजान गण्डकी प्रदेश सरकारलेसमेत कानुन बनाउन थालेपछि त्यसविरुद्ध सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार देशभर यातायात ठप्प पारेको थियो । देशभरको जनजीवन प्रभावित बनाएपछि गृह मन्त्रालयमा वार्ता भएको हो ।

यो वार्तापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी समिति बनाइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीम राई ज्वालाका अनुसार समितिमा सरकारबाट आठजना र यातायात व्यवसायी एवम् मजदुरका तर्फबाट चारजना सदस्य राखिएको छ । राईका अनुसार यो वार्तामा गण्डकी प्रदेश सरकारले बनाउँदै गरेको यातायातसम्बन्धी कानुन तत्काल लागू नगर्ने सहमति जुटेको छ ।

गण्डकी प्रदेश सरकारले गत वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्‍बाट पारित गरेको थियो। गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनमा जान लागेको छ।

गण्डकीको उक्त कदमले आफूहरूको रोजीरोटी खोसिने भन्दै सार्वजनिक यातायात व्यवसायी सञ्चालकहरू आक्रोशित भएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उक्त कानुनले आफूहरूको रोजीरोटी खोसिने तथा निजी सवारीले यात्रु बोक्न नपाउने तर्क गर्दै आएका छन् ।

यता २०८१ असार १३ गते सर्वोच्च अदालतले राइड सेयरिङलाई मान्यता दिन सरकारलाई भनिसकेको छ ।

यातायात व्यवासयीका माग

सरकारसँगको यो वार्ताका क्रममा यातायात व्यवासयीहरूले विभिन्न माग राखेका थिए । उनीहरूले संघीय कानुनसँग बाझिने प्रदेशको यातायात नियमावली खारेज हुनुपर्ने माग गरेका थिए ।

त्यसैगरी संघको काननुले निजी सवारीले मान्छे बोक्न नदिएको अवस्थामा प्रदेश सरकारले त्यसविपरीत कानुन ल्याउनु गलत भएकाले त्यसलाई कार्यान्वयनमा लान नहुने उनीहरूको माग छ ।

त्यस्तै तत्कालै यातायात कानुन संशोधन गर्न नसकिने भएकाले सरकारले कार्यदल बनाएर काम अघि बढाउनुपर्ने माग पनि यातायात व्यवसायीले राखेका छन् ।

२० वर्षे सवारीसाधन बारे २०८१ चैत १९ गते सर्वोच्च अदालतले दिएको आदेशअनुसार गर्नुपर्ने यातायात व्यवासयीको तर्क छ । उनीहरूले सर्वोच्चले आदेश गरेअनुसार बाटोको अवस्था, सवारी साधनको अवस्था र यात्रुको चाप हेरेर आवश्यक निर्णयमा जानुपर्ने बताएका छन् ।

यस्तै पहिले सरकारले खारेज गरेर प्रालिमा जानू भनेको अवस्थामा सर्वोच्च अदालते यातायात समितिहरू दर्ता गर्न बाटो खोले पनि सरकारले नमानेको गुनासो गरेका छन् । समितिबाट प्रालिमा जाँदा कम्पनी नै धरासयी भएकाले फेरि संघ-समिति नवीकरण तलसम्मै पत्राचार गर्न यातायात व्यवसायीले माग गरेका छन् ।

व्यवासयीले क्षमताभन्दा धेरै सामान बोकेर आउने भारतीय गाडीहरूको कडाइका साथ नियमन गर्न माग गरेका छन् । भारतीय गाडी ओभरलोड लिएर आउने भएकाले तिनीहरूको धेरै सामान झारेर मात्रै गन्तव्यमा पठाउने नियम कडाइसाथ लागू गर्न उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : ५४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ

आज २०८२ साल जेठ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ