पोल्याण्डको राष्ट्रपतिमा राष्ट्रवादी इतिहासकार कारोल नावरोस्की निर्वाचित « Khabarhub

पोल्याण्डको राष्ट्रपतिमा राष्ट्रवादी इतिहासकार कारोल नावरोस्की निर्वाचित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्याण्डको राष्ट्रपतिमा कारोल नावरोस्की निर्वाचित भएका छन् । राष्ट्रवादी छविका विपक्षी नेता नावरोस्कीले प्रतिद्वन्द्वी राजधानी वार्साका उदारवादी मेयर रफाल ट्रास्कोव्स्कीलाई झिनो अन्तरले पराजित गरे ।

राष्ट्रपति पदका लागि आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा नावरोस्कीले ५०.८९ प्रतिशत मत प्राप्त गर्दा ट्रास्कोव्स्कीले ४९.११ प्रतिशत मत पाए । ट्रास्कोव्स्की डोनाल्ड टुस्क नेतृत्वको सरकारका साझेदार मानिन्छन् ।

४२ वर्षीय इतिहासकार नावरोस्कीले युक्रेनियन वा अरु मुलुकका शरणार्थीका लागि नभइ पोलिश जनताको पक्षमा सामाजिक एवम् आर्थिक नीति लागू गर्ने वाचा गरेका थिए । पोल्याण्डमा संसदसँग तुलनात्मक रुपमा अधिक शक्ति भएपनि राष्ट्रपति पद पनि प्रभावशाली मानिन्छ ।

पोल्याण्डमा संसदले पारित गरेका कानुन राष्ट्रपतिले भिटो गर्नसक्ने प्रावधान छ । नावरोस्कीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्नुपर्ने मत राख्छन् ।

यद्यपि उनले आफू निर्वाचित भए युक्रेनलाई पश्चिमा गठबन्धनमा आबद्ध नगराउने बाचा गरेका थिए । हाल पोल्याण्डमा १० लाखभन्दा धेरै युक्रेनी शरणार्थीको बसोबास छ ।

नवरोस्की बक्सिङ पनि खल्छन् । राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा उनले शुटिङ रेन्जमा बन्दुक पड्काएको र बक्सिङ खेलेको भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३२ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि