पोल्याण्डको राष्ट्रपतिमा राष्ट्रवादी इतिहासकार कारोल नावरोस्की निर्वाचित « Khabarhub

पोल्याण्डको राष्ट्रपतिमा राष्ट्रवादी इतिहासकार कारोल नावरोस्की निर्वाचित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्याण्डको राष्ट्रपतिमा कारोल नावरोस्की निर्वाचित भएका छन् । राष्ट्रवादी छविका विपक्षी नेता नावरोस्कीले प्रतिद्वन्द्वी राजधानी वार्साका उदारवादी मेयर रफाल ट्रास्कोव्स्कीलाई झिनो अन्तरले पराजित गरे ।

राष्ट्रपति पदका लागि आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा नावरोस्कीले ५०.८९ प्रतिशत मत प्राप्त गर्दा ट्रास्कोव्स्कीले ४९.११ प्रतिशत मत पाए । ट्रास्कोव्स्की डोनाल्ड टुस्क नेतृत्वको सरकारका साझेदार मानिन्छन् ।

४२ वर्षीय इतिहासकार नावरोस्कीले युक्रेनियन वा अरु मुलुकका शरणार्थीका लागि नभइ पोलिश जनताको पक्षमा सामाजिक एवम् आर्थिक नीति लागू गर्ने वाचा गरेका थिए । पोल्याण्डमा संसदसँग तुलनात्मक रुपमा अधिक शक्ति भएपनि राष्ट्रपति पद पनि प्रभावशाली मानिन्छ ।

पोल्याण्डमा संसदले पारित गरेका कानुन राष्ट्रपतिले भिटो गर्नसक्ने प्रावधान छ । नावरोस्कीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्नुपर्ने मत राख्छन् ।

यद्यपि उनले आफू निर्वाचित भए युक्रेनलाई पश्चिमा गठबन्धनमा आबद्ध नगराउने बाचा गरेका थिए । हाल पोल्याण्डमा १० लाखभन्दा धेरै युक्रेनी शरणार्थीको बसोबास छ ।

नवरोस्की बक्सिङ पनि खल्छन् । राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा उनले शुटिङ रेन्जमा बन्दुक पड्काएको र बक्सिङ खेलेको भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ३२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा