प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ? « Khabarhub

प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसामा सेटिङ गरेर दैनिक लाखौँ उठाइएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको फेरि बचाउ गरेका छन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्रीको राजीनामाको मागसहित आन्दोलित विपक्षीलाई कडा कटाक्ष पनि गरे ।

‘यस्तो नचाहिँदाो कुरामा संसद्लाई रोकेर, देशको विकासमा अवरोध गर्ने, जनताका प्रतिनिधिलाई निष्प्रभावी गर्ने र असफल बनाउने काममा विपक्षीहरू लाग्नु भएको छ । यो हुँदैन नहुने काम भएको छ’, उनले भने, ‘विपक्षीहरूले केही नपाएर गृहमन्त्रीको राजीनामा मागेका छन् । केही न केही तथ्य र प्रमाणले बोल्नु त पर्‍यो नि, गृहमन्त्रीलाई छुनु त पर्‍यो नि, उहाँलाई केहीले छोएको छैन ।’

ओलीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिँदैमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताए ।

‘गृहमन्त्रीलाई केहीले छुनुपर्‍यो, उहाँविरुद्ध तथ्य हुनुपर्‍यो । एउटा कर्मचारीलाई अख्तियारले सोधपुछ गर्‍यो, बयान लियो भनेर गृहमन्त्रीको राजीनामा मागेका छन्’, उनले भने, ‘अख्तियारले ती कर्मचारीलाई के सोध्यो थाहा छैन, बयान पनि राम्रोसँग लिएको छैन । तर विपक्षीहरू हामीलाई रिस उठेको छ, गृहमन्त्रीले राजीनाम दिनुपर्‍यो भनिरहेका छन ।’

उनले अब यसरी संसद् अवरोध नसहने बताए । ‘यसरी चल्दैन । जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध । दुईजना उठ्यो करायो, हल्ला गर्‍यो संसद् अवरोध अब हुँदैन । उहाँहरू कराउनुहोला तर अब सहन सकिँदैन’, ओलीले भने, ‘उहाँहरूको ज्यादती धेरै भयो, अब सहन सकिँदैन । उहाँहरूलाई सडक पनि चाहिएको छ, बाटो अवरोध पनि गर्नुपरेको छ, संसद्‍मा पनि बितण्डा मच्चाएको छ । अब यसरी सहन सकिँदैन, संसद् चल्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ