प्रधानमन्त्री ओलीले खोज्दा नभेटिएका प्रचण्डले गरे देउवासँग संवाद « Khabarhub

प्रधानमन्त्री ओलीले खोज्दा नभेटिएका प्रचण्डले गरे देउवासँग संवाद


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार टेलिफोन संवाद गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पर्कमा आउन नचाहेको खुलेको छ ।

प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियान रोकेर सातायता काठमाडौंमै भए पनि प्रधानमन्त्री ओलीसँग संवादका लागि तयार नभएका हुन् ।

सोमबार एमाले संसदीय दलको बैठक संसद् भवनस्थित ल्होत्से हलमा चलिरहँदा प्रचण्ड भने मा‌ओवादी संसदीय दलको बैठक राखेर मंगलबार बस्ने प्रतिनिधिसभाका लागि रणनीति बनाइरहेका थिए ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका माओवादीसहितका विपक्षीले संसद्मा अवरोध जारी राख्दा सोमबार संसदीय दलको बैठकमा प्रधानमन्त्री आक्रोशित देखिए ।

संसद्मा देखिएको गतिरोध हटाउन आफूले पहल गरे पनि प्रचण्ड सम्पर्कमै आउन नचाहेको गुनासो उनले संसदीय दलको बैठकमा गरेका छन् ।

‘भोलिदेखि नियमित संसद चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड’जीसँग कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन’, ‌ओलीले भने, ‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन ।’

ओलीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको बताए । ‘जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन’, उनले एमाले सांसदहरूलाई निर्देशन दिँदै भने, ‘माननीयज्यूहरु तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

ओलीले यसो भनिरहँदा सोमबार नै अध्यक्ष प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको खुलेको छ ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोधलाई कायमै राख्ने पक्षमा रहेपछि दुई नेताबीच वार्ता भएको खुलेको छ ।

दुई नेताबीच दुई सातादेखि जारी सदनको अवरोध खुलाउने विषयमा कुराकानी भएको दाबी स्रोतले गरेको छ ।

यसअघि दुई नेताबीच दाहाल मध्यपहाडी लोकमार्ग अभियान लिएर देउवाको गृहजिल्ला पुग्दा फोनवार्ता भएको थियो । माओवादीले दैनिक ५० लाखभन्दा धेरै उठाइएको भनिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरोध गरिरहेको छ । माओवादीसहितका विपक्षीले बजेट भने ल्याउन दिएका थिए ।

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नखोल्ने अडान विपक्षीले राखेका छन् । यता सभापति देउवा र प्रधानमन्त्री ओली भने लेखको बचाऊमा जोडतोडले लागेका छन् । देउवाभन्दा ओली अझै खुलेर लेखकको बचाउमा उत्रिएका छन् ।

यस्तोमा मा‌ओवादी र एमाले दुवैको संसदीय दलको बैठक बसिरहेको छ । माओवादीले सदनको अवरोधबारे थप निर्णय लिनेछ । दाहालले देउवासँग सदन खुलाउनेबारे संसदीय दलमा छलफल गर्ने जवाफ देउवालाई दिएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : १७ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा