बंगलादेशले नयाँ नोटमा बंगबन्धु शेख मुजिबुर रहमानको अनुहार हटाएर ऐतिहासिक धरोहरका तस्बिर राख्ने « Khabarhub

बंगलादेशले नयाँ नोटमा बंगबन्धु शेख मुजिबुर रहमानको अनुहार हटाएर ऐतिहासिक धरोहरका तस्बिर राख्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले आफ्नो मुद्रा रिडिजाइन गर्ने भएको छ । बंगलादेशको केन्द्रिय बैंकले ५ सय, २ सय, १ सय, १०, पाँच र दुई टका दरका नोट रिडिजाइन गर्न लागेको हो ।

बंगलादेश बैंकले नयाँ मुद्रामा ऐतिहासिक एवम् पुरातात्विक वास्तुकलाका तस्बिर राख्न लागेको ढाका ट्रिब्युनले जनाएको छ । नयाँ नोटमा कुनै पनि मानिसको तस्बिर नराखिने जनाइएको छ ।

यसअघि बंगलादेशका टकामा बंगलादेशका संस्थापक राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानका तस्बिर अंकित गरिएको थियो ।

आइतबार १ हजार, ५० र २० टका दरका नयाँ नोट प्रचलनमा आइसकेका छन् । नयाँ नोटसँगै यसअघि प्रचलनमा रहेका नोट पनि चल्ने जनाइएको छ ।

मुजिबुर रहमानकी छोरी शेख हसिनाले चर्को अन्दोलनसँगै गत अगस्ट महिनामा पद त्याग गरेर भारत भागेसँगै नयाँ नोट प्रचलनमा आउन लागेको हो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २३ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती