अमेरिकामा अवैध रुपमा बसोबास गरेको आरोपमा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ « Khabarhub

अमेरिकामा अवैध रुपमा बसोबास गरेको आरोपमा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ परेका छन् । अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेको आरोपमा ३६ जना ताइवानी र चिनियाँ नागरिकलाई पक्राउ गरिएको फक्स न्यूजले जनाएको छ ।

दक्षिण क्यालिफोर्नियाको भूमिगत नाइटक्लबबाट उनीहरुलाई पक्राउ गरिएको हो । होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन र इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशनका अधिकारीहरुले उनीहरुलाई पक्राउ गरेका हुन् ।

यसबारे अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । उनीहरुलाई क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट पक्राउ गरिएको भएपनि यकिन स्थान र नाइटक्लबको नाम भने खुलाइएको छैन ।

पछिल्लो समय अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई पक्राउ गरी देश निकाला गर्ने क्रम बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३३ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव