अमेरिकामा अवैध रुपमा बसोबास गरेको आरोपमा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ « Khabarhub

अमेरिकामा अवैध रुपमा बसोबास गरेको आरोपमा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ परेका छन् । अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेको आरोपमा ३६ जना ताइवानी र चिनियाँ नागरिकलाई पक्राउ गरिएको फक्स न्यूजले जनाएको छ ।

दक्षिण क्यालिफोर्नियाको भूमिगत नाइटक्लबबाट उनीहरुलाई पक्राउ गरिएको हो । होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन र इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशनका अधिकारीहरुले उनीहरुलाई पक्राउ गरेका हुन् ।

यसबारे अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । उनीहरुलाई क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट पक्राउ गरिएको भएपनि यकिन स्थान र नाइटक्लबको नाम भने खुलाइएको छैन ।

पछिल्लो समय अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई पक्राउ गरी देश निकाला गर्ने क्रम बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित