प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा पनि राजाको वकालत गर्नेलाई मूर्खको संज्ञा दिएका छन् ।

नेकपा एमालेको संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीमाथि कडा टिप्पणी गरेका हुन् ।

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन्’ , ओलीले भने, ‘केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरूको चेतनाको स्तर देख्दा दया लागेर आउँछ ।’

ओलीले समाज थितिविधिमा चल्नुपर्ने पनि बताए । ‘समाज संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन्’, उनले भने, ‘सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने  ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताए ।

‘सरकारको नेतृत्वमा भएकाले हामी माथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ’ उनले भने ।

फरक सन्दर्भमा उनले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए । मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने उनको भनाइ छ ।

‘भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनु भएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यस कारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ५२ बजे

बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा

आजको मौसम पूर्वानुमान : देशभर बदली, कोशी र बागमती प्रदेशमा भारी वर्षा

काठमाडौं – हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा

विपक्षी नेता ली दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित

सोल – दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली

कोहलीका लागि किन विशेष बन्यो आईपीएल उपाधि ?

मलेसियाको क्वालम्पुरमा सन् २००८ मार्च २ का दिन यु-१९ विश्वकप

स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै