फेवाताल सीमांकन : रत्न मन्दिर परिसरमा गाडिए १२ वटा पोल « Khabarhub

फेवाताल सीमांकन : रत्न मन्दिर परिसरमा गाडिए १२ वटा पोल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमांकन पश्चात् सीमा स्तम्भ गाड्ने काम सोमबार पनि जारी छ ।  पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा शनिबारबाट तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । 

तेस्रो दिन सोमबार रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताए । यसअघि शनिबार पोल गाड्ने कार्यको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए । 

तालको सिमाक्षेत्रमा पिल्लर गाड्ने कार्यमा प्राविधिक, नगर प्रहरी र अन्य समेत गरी कर्मचारीहरू खटाइएको प्रमुख आचार्यले बताए । उनका अनुसार करिब १ महिना भित्रमा तालको सीमा क्षेत्रमा पिल्लर गाड्ने काम सक्ने र दोस्रो चरणको काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । 

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिने छन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ४६ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ