सार्वजनिक सवारिसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा « Khabarhub

सार्वजनिक सवारिसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारिसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।

नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारिसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताए। 

‘नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ ।

‘यस्ता कार्यले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवर्द्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवर्द्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,’ महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, आजै टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारीसाधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रुपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गरे ।

अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रुपमा सवारिसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। 
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : २६ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ