पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्चालन « Khabarhub

पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्चालन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारिसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो।

पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् । 

बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ । 

पर्यटनले प्रत्यक्ष-अप्रत्यक्षरूपमा हजारौँ श्रमिकहरूको रोजगारी सुनिश्चित गरेको छ, जसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ३८ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना