प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम  « Khabarhub

प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट विनियोजन गर्न आग्रह गरेको छ ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश सरकारलाई पहुँचको आधारमा बजेट विनियोजन नगर्न सचेत गराएको हो । 

पार्टीका प्रवक्ता सुरतबहादुर रावतले पहुँच र सिफारिसका आधारमा बजेट विनियोजन गरिँदा विकास असमान हुने भएकाले स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा योजनाहरू निर्धारण गर्नुपर्ने माग बैठकले गरेको बताए ।

कार्यवाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सीपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सीप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ५१ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ