हङकङसँग प्रतिस्पर्धा गर्न जाने नेपाली फुटबल टिमको बिदाइ | Khabarhub Khabarhub

हङकङसँग प्रतिस्पर्धा गर्न जाने नेपाली फुटबल टिमको बिदाइ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेका हुन् ।

नेपालले यही जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ ।

बिदाइ कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसँग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरे । उनले खेलाडीको विकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउँदै लगेको जानकारी दिए । 

खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भीर रहेको मन्त्री चौधरीले बताए । सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ५७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा