सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ « Khabarhub

सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरुलाई फोन सम्पर्क गरी हामीसँग सस्तोदरमा अमेरिकन डलर छ मिलाई दिन्छौ भनी प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुर चाँगुनारायण बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ रहेका छन् । 

तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-३ ढोडेनीस्थित विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौ भनी प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली ३० लाख रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।

उनीमाथि  थप अनुसन्धान एंव आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ०४ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार