राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा केन्याका मुन्यरी पिटर, जोर्डनका युसुफ अब्देलघानी, जिम्बाब्वेका स्टेला न्कोमो वाहागन, डेनमार्कका रसमस एबिल्डगार्ड र उरुग्बेका अल्बर्टो ए गुआनी हुन्। 

उक्त समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : १० बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले