शीर्ष बैठकमा माओवादी अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् खुल्दैन | Khabarhub Khabarhub

शीर्ष बैठकमा माओवादी अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् खुल्दैन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।

गृहमन्त्री रमेश लेखकले पनि राजीनामा होइन, संसद् खोल्नुपर्छ भन्नु भयो’, उनले भने, ‘हामीले सुशासनलाई केन्द्रित गरेर कुरा राख्यौँ । हामीले राजीनामा चाहियो भनेका छौँ । जो विषयवस्तु पहिले राखेका छौँ, त्यो यथावत नै छ भन्यौँ ।’

उनले संसद्मा औपचारिक रुपमा राखेको विषयवस्तु भिजिट भिसा भएकाले त्यसमा भएको गडबडीको छानबिन हुनैपर्ने कुरा राखेको बताए । ‘भिजिट भिसामा गडबड भएको विषयवस्तुलाई हामीले त्यहाँ पनि राख्यौँ । त्यसबारे अनुसन्धानबाट हल गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ भन्यौँ, त्यो भनेको राजीनामा नै हो’, उनले भने, ‘उहाँहरूको विषय वस्तु सबै आइरहेको छ । उहाँहरूले कर्मचारीको कुरा हो, त्यसो भएका कारण गृहमन्त्रीले राजीनामा दिनुपर्दैन भन्नु भयो ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : २९ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा