शीर्ष बैठकमा माओवादी अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् खुल्दैन « Khabarhub

शीर्ष बैठकमा माओवादी अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् खुल्दैन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।

गृहमन्त्री रमेश लेखकले पनि राजीनामा होइन, संसद् खोल्नुपर्छ भन्नु भयो’, उनले भने, ‘हामीले सुशासनलाई केन्द्रित गरेर कुरा राख्यौँ । हामीले राजीनामा चाहियो भनेका छौँ । जो विषयवस्तु पहिले राखेका छौँ, त्यो यथावत नै छ भन्यौँ ।’

उनले संसद्मा औपचारिक रुपमा राखेको विषयवस्तु भिजिट भिसा भएकाले त्यसमा भएको गडबडीको छानबिन हुनैपर्ने कुरा राखेको बताए । ‘भिजिट भिसामा गडबड भएको विषयवस्तुलाई हामीले त्यहाँ पनि राख्यौँ । त्यसबारे अनुसन्धानबाट हल गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ भन्यौँ, त्यो भनेको राजीनामा नै हो’, उनले भने, ‘उहाँहरूको विषय वस्तु सबै आइरहेको छ । उहाँहरूले कर्मचारीको कुरा हो, त्यसो भएका कारण गृहमन्त्रीले राजीनामा दिनुपर्दैन भन्नु भयो ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : २९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी