चीनको प्राचीन टेराकोटा सङ्ग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिमा क्षतिग्रस्त « Khabarhub

चीनको प्राचीन टेराकोटा सङ्ग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिमा क्षतिग्रस्त


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सीआन शहरमा रहेको प्राचीन टेराकोटा सेना संग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिममा क्षति पुगेको छ । टेराकोटा सेना सङ्ग्रहालय घुम्न आएका घरेलु पर्यटकले घेराबेरा नाघेर उपद्रो गरेको अधिकारीहरुले जनाएका छन् ।

उनले त्यहाँ रहेका प्रतिमालाई तान्दै–ठेल्दै क्षति गराएको जनाइएको छ । सुन थर भएका ३० वर्षीय पर्यटकको विस्तृत पहिचान भने सार्वजनिक गरिएको छैन ।

उनी मानसिक रोगबाट पीडित भएको जनाइएको छ । पछि उनलाई नियन्त्रणमा लिइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनाका बावजुद सङ्ग्रहालय सुचारु रुपमा सञ्चालन भइरहेको छ ।

चीनको चीनवंशका प्रथम सम्राट चीन शी हुवाङको समाधिस्थलमा ८ हजार वटा टेराकोटा सैनिकको प्रतिमा निर्माण गरिएको छ । सम्राट चीन शी हुवाङले आफ्नो निधन भइसकेपछि समाधिस्थल रक्षा गर्नका लागि आफू जिवितै रहँदै ती प्रतिमाको निर्माण गराएको विश्वास गरिन्छ ।

ईसापूर्व २०९ आसपास निर्माण सम्पन्न गरिएका यी प्रतिमामा युद्धका लागि तयार सैनिक, रथ, घोडचढी सैनिकहरु पनि समावेश छन् ।

यसलाई प्राचीन चिनियाँ पुरातत्वका हिसाबमा निकै महत्वपूर्ण मानिन्छ । यसलाई प्राचीन चिनियाँ कला एवम् सैन्य क्षमताको उत्कृष्ट नमूनाका रुपमा समेत व्याख्या गरिन्छ ।

सन् १९८७ यता यसलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ४६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती