ज्ञानेन्द्र शाहीले भने : ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’ « Khabarhub

ज्ञानेन्द्र शाहीले भने : ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाएका छन्।

उनले भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रलाई आग्रह समेत गरे। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले प्रधानमन्त्री ओली विभिन्न विवादास्पद काण्ड र व्यापारिक समूहको स्वार्थमा लागेको आशय व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टी–स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू(टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी जहाज खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै ‘झोले’ को संज्ञा दिए।

शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू(टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”

उनले अगाडि लेखेका छन्, “तर प्रधानमन्त्री ज्यू… भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।”

राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोलेले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेपछिको प्रतिक्रियाका रूपमा आएको हो।

प्रधानमन्त्री ओलीको उक्त पोस्टपछि विभिन्न राजनीतिक व्यक्तित्व तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ५० बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना