धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट « Khabarhub

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले स्कटल्याण्डको विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १७७ रन बनाएको छ ।

पछिल्लो विकेटका रुपमा अलराउण्डर दीपेन्द्र सिंह ऐरी २३ बलमा ८ रन बनाएर आउट भएका हुन् । यसअघि कप्तान रोहित पौडेल ३७, भीम सार्की ४० रन बनाएर आउट भएका थिए । आज नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौका सहित ५३ रनको योगदान दिँदा अर्का ओपनर आसिफ शेखले २० रन बनाएका थिए ।

नेपाली टोली ओपनर कुशल भुर्तेल

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ३९ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ