धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट « Khabarhub

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले स्कटल्याण्डको विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १७७ रन बनाएको छ ।

पछिल्लो विकेटका रुपमा अलराउण्डर दीपेन्द्र सिंह ऐरी २३ बलमा ८ रन बनाएर आउट भएका हुन् । यसअघि कप्तान रोहित पौडेल ३७, भीम सार्की ४० रन बनाएर आउट भएका थिए । आज नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौका सहित ५३ रनको योगदान दिँदा अर्का ओपनर आसिफ शेखले २० रन बनाएका थिए ।

नेपाली टोली ओपनर कुशल भुर्तेल

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १० : ३९ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण