आतंकवाद प्रवर्द्धन गर्नेहरूलाई पाकिस्तानमा पुरस्कार दिइन्छ : शशि थरूर « Khabarhub

आतंकवाद प्रवर्द्धन गर्नेहरूलाई पाकिस्तानमा पुरस्कार दिइन्छ : शशि थरूर


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतका वरिष्ठ सांसद तथा पूर्व परराष्ट्र मन्त्री डा. शशि थरूरले दिएको हालैको बयानले भारत-पाकिस्तान सम्बन्ध मात्र होइन, दक्षिण एसियाली सुरक्षा रणनीतिमै गहिरो बहस सुरु गराएको छ। एनडीटिभी सँगको अन्तर्वार्तामा थरूरले स्पष्ट रूपमा भने — “पाकिस्तानमा आतंकवाद प्रवर्द्धन गर्नेहरूलाई पुरस्कार दिइन्छ।”

उनको यो टिप्पणी कुनै सामान्य राजनीतिक वक्तव्य होइन; यो अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने गम्भीर सन्देश हो। विशेषतः जब पाकिस्तानले आफूलाई आतंकको शिकार भनेर चित्रण गरिरहेको छ, त्यही समयमा यस देशले जैश–ए–मोहम्मद, लश्कर–ए–तोइबा, र तालिबान जस्ता संगठनहरूलाई खुला संरक्षण र आर्थिक समर्थन दिइरहेको छ।

भारतले हालै सञ्चालन गरेको अपरेशन सिन्धूर पश्चात पाकिस्तानको भूमिबाट भारतमा गरिने आक्रमणहरू र तिनमा संलग्न चरमपन्थीहरूको संगठनात्मक संरचना एकपछि अर्को रूपमा खुल्दै गइरहेका छन्। पहलगाम आक्रमणदेखि लिएर काश्मिरका अन्य हिंसात्मक घटनाहरूमा पाकिस्तानका सत्ताधारी समूहहरूको संलग्नता अब प्रमाणसहित विश्व सामु आउन थालेको छ।

थरूरको भनाइले अमेरिकी, जर्मन र युरोपेली सांसदहरूको हालैको अभिव्यक्ति सँग पनि मेल खान्छ — जसमा पाकिस्तानलाई ‘आतंकको केन्द्र’ भनेर चिनाइएको छ। अमेरिका, बेल्जियम र जर्मनीका कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्ने क्रममा भारतीय सर्वदलीय प्रतिनिधिमण्डलले पनि यही सन्देश दिइसकेको छ कि — पाकिस्तान केवल समस्या हो मात्र होइन, यो संकटको स्रोत हो।

यस विषयमा बहस गर्ने समय आज सबैभन्दा उपयुक्त छ। पाकिस्तान हालै अाइएमएफ बाट आर्थिक राहतको लागि वार्ता गरिरहेको छ, तर यत्तिकैमा उसले आफ्ना सांसदहरूको तलब ५००% बढाएको छ। यस्ता निर्णयले देखाउँछ कि पाकिस्तानको प्राथमिकता आतंक, भ्रष्टाचार र सत्तासीन सुविधा हो — न कि जनताकोलागि सुशासन।

भारतको पक्षमा यस्तो अन्तर्राष्ट्रिय मान्यता बढ्न थालेको छ कि पाकिस्तानलाई अब ‘आतंकको संरक्षक राष्ट्र’को रूपमा चिनिनुपर्ने समय आएको छ। थरूरजस्ता वरिष्ठ नेताहरूको स्पष्ट वक्तव्यहरूले मात्र होइन, घटनाको प्रमाण, अन्तर्राष्ट्रिय सहयोग र रणनीतिक दबाबमार्फत भारतले पाकिस्तानलाई विश्वमञ्चमा जवाफदेही बनाउने अभियान अघि बढाएको छ।

यस्तो पृष्ठभूमिमा, यो बयान केवल राजनीतिक भनाइ होइन; यो भारतको एक साझा राष्ट्रिय सन्देश हो — आतंकको विरुद्धमा, सच्चाइको पक्षमा।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ४५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको